स्वास्थ्य चौकीको भवन उद्घाटन

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

रामपुर, २७ पुस । रामपुर नगरपालिका–२ पन्थेमा रहेको गाडाँकोट स्वास्थ्य चौकीको भवनको आज उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गरेका छन् ।

स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै जोशीले स्वास्थ्यको भौतिक पूर्वाधार सबैको साँझा सम्पत्ति रहेको बताए ।

उनले भौतिक पूर्वाधारमा जीवन्त दिन स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने भौतिक पूर्वाधार निर्माण भएर मात्र हुँदैन सेवालाई पनि ध्यान दिनु पर्छ ।

जनप्रतिनिधिविहीन अवस्थामा दलीय संयन्त्रले ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारदेखि सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवा पु¥याउन भौतिक पूर्वाधारको महत्व ठूलो रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख उमाशङ्करप्रसाद चौधरीले बताए ।

एक करोड ७८ लाख ९८ हजार ६१७ रुपैयाँको लागतमा उन्नाइस कोठे, दुई तले भवन बर्थिङ सेन्टरसहितको भवन निर्माण सम्पन्न भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट