निर्वाचनतर्फ मुलुक उन्मुख

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

इलाम, २७ पुस । मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् ।

इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका हुन । उनले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा राखे ।

‘इलाम पर्यटकीय जिल्ला हो, आर्थिक विकाससँगै पर्यटन क्षेत्रको विकासलाई पनि अघि बढाउनुपर्छ,’ उनले भने । राज्यमन्त्री जवेगुले स्थानीय तहको चुनाव छिटो गराउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले पारित नीति, कार्यक्रम तथा आ.व. २०७४-०७५ को लागि रु १५ करोड १६ लाख ५८ हजारको बजेट प्रस्तुत गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट