देशभर पृथ्वी जयन्ती मनाईदैं

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २७ पुस । आज पुस २७ गते देशभर विभिन्न कार्यक्रमहरु गरी २९५औं पृथ्वी जयन्ती मनाईदैं छ । आधुनिक नेपालका निर्माताका रुपमा पनि पृथ्वीनारायण शाहलाई हेरिने हुदाँ आजको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मानिने प्रचलन छ ।

prithvi jayanti

यसै उपलक्ष्यमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे ।

kamal-thapa

केही वर्ष अगाडिसम्म आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाईदैं सरकारी विदा दिने गरिन्थ्यो । यसैको निरन्तरताका लागि केही समुदायले आज सरकारी विदाको माग गर्दा गर्दैंपनि नेपाल सरकारले आज विदाको घोषणा गरेन ।

prithvi jayanti

सरकारी स्तरबाटै पृथ्वी जयन्तीलाई मनाइनुपर्ने र सार्वजनिक विदा दिइनु पर्ने आवाजसहित पृथ्वी जयन्ती मनाइएको हो । आजको दिन विदा दिने प्रचलन तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको कार्यकालमा तोडिएको थियो ।

pasupati samsher jbr

पृथ्वीनारायण शाह १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका हुन् । उनी २० वर्षको उमेरमा राजा भएका थिए । शाहले १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेका थिए ।

त्यसपछि उनले नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युुद्धरत शाहको ५३ वर्षको उमेरमा निधन भएको थियो ।

तस्वीर:रुपचन्द्र महर्जन


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट