ताम्राकारका अध्यक्षतामा रवीन्द्रराज चयन

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

ललितपुर, २७ पुस । रवीन्द्रराज ताम्राकारका अध्यक्षतामा ताम्राकार समाजको १५औँ साधारणसभाले १० सदस्यीय कार्यसमिति चयन गरेको छ ।

निर्वाचित भएका १० सदस्यबाट नै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी एक सदस्य चयन हुने नवनिर्वाचित अध्यक्ष रवीन्द्रराजले साधारणसभामा जानकारी दिए ।

कार्यसमितिको बैठकले नै अध्यक्षबाहेकका बाँकी पदाधिकारीको टुङ्गो लगाउने छ । अन्य पदमा शम्भुगोविन्द, विनोद, मनोज, प्रबल, मिला, विजय, दीपेश, विमल, मनोज र सङ्गीता ताम्राकार निर्वाचित भएका छन् ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले साधारणसभाको उद्घाटन गर्दै बन्द उद्योग पुनः सञ्चालन गर्न आवश्यक रहेको बताए ।

नेपालमा विभिन्न जातजातिले परम्परागत उद्योगको संरक्षण र संवद्र्धन गर्न खाँचो भएकामा उनले बताए । उनले भने – ‘ताम्राकार वर्गले परम्परागत सीप, कला, कौशलताको जगेर्ना गर्दै परम्परागत पेसाको संरक्षण गर्न आवश्यक छ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट