सञ्जु भारती वीरता जेसिसमा

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

भद्रपुर, २६ पुस । वीरता जेसिसका अध्यक्षमा धनकुमार (सञ्जु) भारती सन् २०१७ का लागि सर्वसम्मत चयन भएका छन् ।

सोमबार बिर्तामोडमा सम्पन्न वीरता जेसिसको ३६औँ साधारणसभा तथा शाखा अधिवेशनबाट संयुक्त सचिवमा घनश्याम चौधरी, जनसम्पर्क अधिकारीमा कमल पाण्डे तथा उपाध्यक्षमा सुनिल थापा, विकास बस्नेत, कुशल खतिवडा र रमेश चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भक्तराज भारतीले जानकारी दिए ।

वीरता जेसिसको गरिमालाई उच्च बनाउँदै अग्रजको मार्गदर्शनअनुसार अघि बढ्ने र उत्कृष्ट काम गरेर देखाउने अध्यक्ष भारतीले प्रतिबद्धता जनाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट