कुपोषणले नाबालकको मृत्यु

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

जाजरकोट, ५ फागुन । जाजरकोटमा कुपोषणका कारण एक नाबालकको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीका अनुसार जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली हुन ।

बुधबार बेलुकी उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीयवासीले बताए ।

चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अनेगत कुपोषित भएका कारणले मुत्यु भएके हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट