गर्भवती लिन चिकित्सक हेलिकप्टरमा सोताङ पुगे

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

सोलुखुम्बु, २१ माघ । सोलुखुम्बुको सोताङकी एक गर्भवती महिलालाई सामान्यरूपमा प्रसूति हुन नसकेपछि उनलाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ ।

प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइएकी बुङकी निर्मला राईलाइ शल्यक्रिया नै गर्नुपर्ने भएपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए । त्यसलगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुगेका थिए ।

बिहीबार मनाङ एअरको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई शल्यक्रिया गरेर शिशुलाई जन्म दिन सफल भएको चिकित्सक शेर्पाले बताए । हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च जिल्ला स्वास्थ्य कार्यालयले नै बेहोर्ने बताइएको छ । शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट