वैकल्पिक शक्तिका रूपमा राप्रपा: पूर्वमन्त्री चन्द

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

बैतडी, २१ माघ । राप्रपा अब पहिलो शक्ति बन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले बताए ।

पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताए । उनले भने, ‘ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रूपमा उदय हुन्छ ।’

बिहीबार भएको अधिवेशनले गजेन्द्रबहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा दानसिंह बिष्ट र लक्ष्मी बिष्ट, सचिवमा मानसिंह बिष्ट, कोषाध्यक्षमा हिरा बिष्टलगायत अन्य सदस्यहरू रहेका राप्रपाका केन्द्रीय सदस्य गणेश बिष्टले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट