अष्ट्रेलियाका प्रधानमन्त्रीसँग किन रिसाए ट्रम्प

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति बनेलगतै विवादमा परेका डोनाल्ड ट्रम्प एक पटक फेरि आफ्नो व्यवहारलाई लिएर चर्चाका विषय बनेका छन् ।

ट्रम्प अमेरिकी परम्परा अन्तर्गत राष्ट्रपति बनेपछि विश्वका सबै देशका राष्ट्राध्यक्षहरुसँग फोनबाट कुरा गरिरहेका छन् । यसै क्रममा ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्री मैल्कम टर्नबुललाई पनि फोन गरेका थिए । तर, उनीसँगको कुराकानीलाई ट्रम्ले अहिले सम्मकै खराब कुराकानी भएको बताएका छन् ।

घण्टौंसम्म हुनुपर्ने कुरा २५ मिनेटमै काटियो फोन

ह्वाइट हाउस अधिकारीहरुबाट प्राप्त जानकारीका अनुसार ट्रम्पले फोनमा भएको कुराकानीमा टर्नबुललाई असाध्यैं नराम्रा शब्द सुनाएको अमेरिकी छापाहरुमा लेखिएको छ । यी दुई राष्ट्राध्यक्षहरुबीच एक घण्टा कुरा हुने समय तोकिएको थियो तर, २५ मिनेटमा नै रिसाएर ट्रम्पले फोन काटेका थिए ।

अष्ट्रेलियाका प्रधानमन्त्रीसँग किन रिसाए ट्रम्प

डोनाल्ड ट्रम्प रिसाउनुको कारण भने, टर्नबुलले अमेरिकासँग भएको एक सम्झौताको स्मरण गराएका थिए जसमा अष्ट्रेलियाको एक डिटेंशन सेन्टरमा रहेका १,२५० शरणार्थीहरुलाई अमेरिका आउन दिने भनिएको थियो । यसको जवाफमा भने ट्रम्पले यो अहिले सम्मकै सबैभन्दा गलत सम्झौता भएको बताएका छन् । उनले टर्नबुलप्रति रिसाउदै भने ‘बोस्टनमा अर्को हमला गर्नेहरुलाई अमेरिकामा भित्राउने कोशिश गरेको हो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट