हरियो खुर्सानीका फाईदैं फाईदा

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

काठमाडौं, २० माघ । हरियो खुर्सानी धेरै तरिकाको पोषणयुक्त तत्व जस्तैं भिटामिन ‘ए’, ‘बी६’, ‘सी’, आइरन, पोटाशियम, प्रोटिन र काब्रोहाइड्रेटजस्ता गुणले भरिएको छ ।

हुन त प्रायजसो खुर्सानीको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर, यसको नयाँ खोजले भने हरियो खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थ्यका कयौँ समस्याको समाधानको रूपमा पनि रहेको देखाएको छ । जानी राखौं यी महत्वपूर्ण कुराहरु ।

१. हरियो खुर्सानीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा हुने गर्छ । भिटामिन ‘सी’ले अर्को भिटामिनलाई शरीरमा सही तरिकाले सन्तुलन बनाइ राख्न मदत गर्छ ।

२. हरियो खुर्सानीमा एन्टिअक्सिडेंटको एक सहि माध्यम पनि हो । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुने गर्दछ । जसले गर्दा पाचन कार्यमा सहयोग गर्दछ ।

३. भिटामीन ‘ए’ले भरिपूर्ण हरियो खुर्सानी आँखा र छालाको लागि पनि निकै उपयोगी मानिन्छ ।

४. हालै गरिएका केही अनुशन्धानका अनुसार हरियो खुर्सानीले ब्लड सुगर कम गर्नपनि मदत गर्छ ।

५. हरियो खुर्सानी मुड बदल्नका लागि पनि निकै उपयोगी मानिन्छ । यसले मस्तिष्कमा एन्डोर्फिनको सञ्चालन गर्छ जसले गर्दा हाम्रो मुड अलिकति भएपनि परिर्वतन हुन्छ ।

६. केही अनुशन्धानले हरियो खुर्सानीे फोक्सोको क्यान्सरबाट बच्नका लागि पनि निकै उपयोगी बताएको छ । तर, अहिलेसम्म यसको कुनै प्रमाण भने पुष्टि भइसकेको छैन ।

७. हरियो खुर्सानीमा एन्टिबेक्टेरियल गुण हुन्छ जसले शरीरलाई ब्याक्टेरिया मुक्त बनाउन मद्दत गर्छ । यसले इम्यून सिस्टमलाई बलियो बनाउन मद्दत गर्छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट