रेक्स टिलरसनलाई विदेशमन्त्रीमा अनुमोदन

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

वासिङ्गटन, २० माघ । अमेरिकी सिनेटले तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई  विदेशमन्त्रीमा अनुमोदन गरेको छ । उनी तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी थिए ।

टिलरसनलाई विगतमा कुनैपनि सार्वजनिक पद धारण नगरेका र रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना गरिदैं आएको छ ।

६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेपछि अब ताजा विदेश निती अपनाइने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले भने विरोध गरेका थिए । सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो ।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट