कुलपतिले संस्थाभित्र गुटबन्दी गरेको आरोप

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौँ, २० माघ । सातौँ प्रज्ञासभाले ललितकला क्षेत्रको विकासका लागि गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने बताइएको छ ।

बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञले नेपाली कलाको प्रवद्र्धनका लागि आन्तरिक विवाद गर्न नहुनेमा जोड दिए ।

विधिसम्मत बसेको सभाले गरेका विभिन्न निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै उपकुलपति शारदा चित्रकारले कुलपतिले संस्थाभित्र विभिन्न किसिमले गुटबन्दी गरेको आरोप लगाइन ।

संस्थाको नाममा रहेको जग्गामध्येबाट १५ रोपनी जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिलाउन सहमति गरेको बताउँदै प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले सो निर्णय नमान्ने पदाधिकारीलाई नियोजित ढङ्गले प्रशासनिक कारबाही गर्ने बताए ।

प्रतिष्ठानको आन्तरिक कारणले निर्धारित समयभन्दा करिब ६ महिनापछि गत पुस २४ देखि २९ गतेसम्म नक्सालस्थित प्रतिष्ठानको परिसरमा कुलपति उपाध्यायको अध्यक्षतामा सातौँ सभा सम्पन्न भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट