तीन सातादेखि अनिश्चितकालीन सडक बन्द फिर्ता

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

खोटाङ, २० माघ । खोटाङमा तीन सातादेखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टि जनाउँदै तीन साताअघि देखि गरिएको बन्द फिर्ता भएको हो ।

सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीका अनुसार जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालीन सडक बन्द जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्षसहित बसेको सर्वदलीय–सर्वपक्षीय बैठकमा ‘महुरेगढी गाउँपालिकालाई कायम गर्न’ जिल्लाका सबै दलले सहयोग गर्ने बताएपछि बुधबारदेखि सडक बन्द फिर्ता लिइएको छ ।

बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै जिल्लास्थित राजनीतिक दलले पनि जिल्लाबाट सिफारिस गरिएका प्रतिवेदन जस्ताको तस्तै पारित गर्नुपर्ने माग गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट