भूपू सैनिक सम्मेलनको तयारी पुरा

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौँ, २० माघ । धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुन लागेको भूतपूर्व सैनिकको सम्मेलनको तयारी पुरा भएको छ ।

सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ ।

कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पुर्याएर सेवालाई प्रभावकारी तुल्याउन पाँचवटै विकास क्षेत्रमा सम्मेलनमार्फत उनीहरुको रायसुझाव सङ्कलन गर्दै आएको नेपाली सेनाले जनाएको छ ।

यसपटकको सम्मेलनमा सेनाले लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा ऋण लिएर उत्कृष्ट नमुना व्यवसाय सञ्चालन गर्नेमध्येबाट पुरस्कृत गर्ने कार्यक्रम समेत बनाएको जनाएको छ ।

मुलुकभर भूपू सैनिकको सङ्ख्या ६५ हजारको हाराहारीमा छ । कल्याणकारी योजनाअन्तर्गत लघुवित्त, शिक्षा, स्वास्थ्य र स्वरोजागारमूलक तालिमलाई प्राथमिकतामा राखेर अभियान चलाउँदै आएको छ । नेपाली सेनाले अघिल्लो पटक पनि धनगढीबाट भूपू सैनिक सम्मेलनको थालनी गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट