रिक्सा व्यवसायीबाट उपमहानगरपालिका कार्यालय घेराउ

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

धनगढी, १९ माघ । बुधबार धनगढी उपमहानगर क्षेत्रमा सञ्चालन रहेका विद्युतीय रिक्सा (ई रिक्सा) व्यवसायीले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

आज भएके कार्यालय घेराउका कारण कार्यालयको काम प्रभावित भएको छ । रिक्सा व्यवसायीहरु आफूहरुको व्यवसाय उपमहानगरपालिकामा दर्ता गरी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।

विद्युतीय रिक्सा चालकका अनुसार विद्युतीय रिक्सा उपमहानगरपालिकाको सिफारिसमा यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गरेकामा पछिल्लो पटक उपमहानगरको सिफारिसलाई यातायात व्यवस्था कार्यालयले नमानेका कारण समस्या सिर्जना भएको हो ।

एउटा पक्षले रिक्सा दर्ता बन्दको माग गर्दा अर्को पक्षले उपमहानगरपालिकामा दर्ता गर्नु पर्यो भन्ने माग आएकाले समस्या देखिएको यातायात व्यवस्था कार्यालय धनगढीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट