सप्तरीउमा द्योग सञ्चालन

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

राजविराज, १९ माघ । मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले सप्तरीको बसबिटी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनमा आएको छ ।

रु पाँच करोडको लागतमा मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले डेरी सञ्चालनमा ल्याएको हो । अरु दुईवटा उद्योग पनि राजविराज औैद्योगिक क्षेत्रमा चाँडै सञ्चालनमा ल्याउने तयारी भएको सो औद्योगिक क्षेत्रका कार्यालय प्रमुख सञ्जय थापाले बताए ।

थापाले भने- ‘थप चारवटा उद्योग सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’ उक्त औद्योगिक क्षेत्रमा रहेका दशवटा उद्योग सेड सञ्चालनमा आएपछि १३० रोपनी जग्गामा अन्य उद्योग सञ्चालन गर्न सकिने थापाले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट