निजी खर्चमा गरिब बालबालिकालाई पढाउने

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

गौशाला, १९ माघ । आफ्नो समुदायका २५ गरिब बालबालिकालाई महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार शाहले निजी खर्चमा पढाउने घोषणा गरेका छन् ।

बुधबार सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्चमा पढाउने घोषणा गरेका हुन ।

ती बालबालिकालाई नर्सरीदेखि कक्षा ८ सम्म पढाउने उल्लेख गर्दै उनले स्कुलका सञ्चालकलाई बालबालिकाको भर्ना शुल्क बुझाएका छन् ।

आउँदा दिनमा आफैँले विद्यालय खोल्ने तथा अभिभावकले पढाउन नसकेका गरिब विद्यार्थीलाई निःशुल्क पढाएर समाजसेवा गर्ने लक्ष्य रहेको इन्जिनियर शाहले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट