करेन्ट सर्ट हुँदा सुपर मार्केटमा आगलागी

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

चितवन, १९ माघ । मंगलबार राति पूर्वी चितवनको सौराहास्थित गंगा प्लाजा सुपर मार्केटको एक पसलमा आगलागी भएको छ ।

गए राति करिब साढे ९ बजे आगलागी हुँदा प्लाजामा रहेको टंक प्रसाद लामिछानेको बेबि सप जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पसलमा करेन्ट सर्ट भएर आगलागी भएको चितवन प्रहरीले जनाएको छ । भरतपुरबाट आएको दमकल र स्थानीयवासीहरुको सहायताबाट आगो नियन्यणमा आएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट