डोनाल्ड ट्रम्पको हस्ताक्षरको अर्थ

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

अमेरिका जस्तो शक्तिशाली मुलुकको ४५औं राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्पको बारेमा विभिन्न चर्चा परिचर्चा हुदै आएको छ ।

राष्ट्रपतिको कृर्सीमा बसेसँगै ट्रम्पले विभिन्न विवादास्पद निर्णयहरुमा हस्ताक्षर गरेका छन् । जस्तै उग्र मुश्लीमवादीहरुलाई अमेरिका छिर्न रोक, शरणर्थी सम्बन्धि विधेयक, अमेरिकासँग जोडिएको मेक्सीको तर्फको भु-भागमा पूर्ण रुपमा पर्खाल लगाउने आदि ।

आजभोलि ट्रम्पका दैनिकि, बोलिचाली, लेखाई, चालचलन आदिबाट उनी कस्ता व्यक्ति हुन र सिङ्गो अमेरिका अनि विश्व समुदाय आउने दिनमा कतातिर मोडिने हो भन्ने अड्कलबाजी हुने गर्दछ ।

त्यस मध्ये यहाँ केहि हस्ताक्षर तथा लेख्ने शैलीमा विशेषज्ञहरुको विश्लेषणको बारेमा चर्चा गरिएको छ । जसमा उनको हस्ताक्षर अनि लेखन शैलीले के अर्थ राख्दछ ?

अमेरिकि हस्ताक्षर विशेषज्ञ माईकल ड्रेसहोलको विचारमा ट्रम्पले सबै अक्षरहरु लगातार जोडाएर लेख्ने गर्दछन् यस्ता शैली भएका मानिसहरु आफ्नो कार्यमा नियमित लागिपर्ने, आफूले चिताएको कुरामा अन्तिम समयसम्म अडिग रहने हुन्छन् ।

त्यस्तै ट्रम्पको लेखाई शैलीमा रहेको ठाडो तलमाथि तथा सिधा लेख्ने शैलीले उनी प्रष्ट विचारका धनी, कुनैपनि निर्णय गर्न नहिचकिचाउने तथा कठोर हृदय भएको प्रतिनिधित्व गर्दछ ।

विश्लेषकहरुका अनुसार जुन मानिस आफ्नो हस्ताक्षर घुमाएर वा गोलाकार साथै बायाँबाट दायाँ तर्फ गर्ने गर्दछ उ स्वभाविक रुपमा नरम तथा कोमल स्वभावको हुने गर्दछ ।

तर ट्रम्पको लेखन शैलीलाई हेर्ने हो भने उनी आफ्नो कलमलाई कहिकतै नरोकी तथा नघुमाई सिधा तलमाथि गरी लेख्ने गर्दछन् जसको अर्थ कुनैपनि निर्णय उनी मनबाट नभई दिमागबाट लिने गर्दछन् । साथै आवश्यकता पर्दा आफूलाई एउटा कठोर शासकको रुपमा पनि उभ्याउन पछि पर्ने छैनन् ट्रम्प।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट