बुधबार सार्क कार्यक्रम समितिको ५३औँ बैठक

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं, १८ माघ । बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक सुरु हुने भएको छ ।

आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश-बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा भाग लिनेछन् ।

गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखाले जानकारी दिएको छ ।

अध्यक्षता हस्तान्तरण नभएको नेपालले पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएका कारण उक्त बैठकको आयोजना गर्नु परेको हो ।

नेपालले सार्क अध्यक्षका नाताले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट