वेबसाइटमा समस्या, लोकसेवा फारम भर्न म्याद थप गरियो

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

 रिपोर्टर नेपाल

काठमाडौं, १८ माघ । तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि लोकसेवा आयोगको नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ । लोकसेवा आयोगले हालै मात्र आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको थियो तर वेबसाइटमै समस्या आइपर्दा आवेदकहरु मर्कामा परेका छन् ।

आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै आयोगले तीन दिन म्याद थप गरेको जनाएको छ । फारम भर्न २१ गते सम्मका लागि म्याद थप गरिएको जनाइएको छ । देशभरबाट अन्तिम समयमा अनलाइन आवेदन फारम भर्नेहरुको संख्या बढेकाले वेबसाइटमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ  ।

लोकसेवा आयोगले गत पुसको अन्तिम बुधबार नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आजसम्म मात्र भएको र दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद पनि माघ २५ गतेसम्म राखेको थियो । वेबसाइटमा आएको समस्यालाई मध्यनजर गर्दै अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म थप गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट