विश्वका ६ देश जहाँ रात पर्दैन

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

हामी प्राय जसो यो कल्पना गरी रहेका हुन्छौँ कि सायद यो घाम कहिले न ढल्के हुन्थ्यो । तपाईहरुलाई के लाग्छ विश्वमा कहि कतै सूर्य नअस्ताउँने ठाउँपनि होला की ? हो विश्वमा यस्तो पनि ठाउँहरु छन् जहाँ घाम नै डुब्दैन र रातमा पनि घाम झलमल्ल लागिरहेको देख्न पाइन्छ ।

१. नर्वे यस्तो देश हो जहाँ रात पर्दैन र यसलाई मध्य रात्रिको देश पनि भन्ने गरिन्छ । यहाँ मेदेखि जुलाईसम्म करिब ७६ दिन सूर्य अस्ताउँदैन ।

२. स्वीडेनमा त झन १०० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ मेदेखि अगस्टसम्म सूर्य अस्ताउँदैन । सूर्य ढलेपनि बिहानै ४:३० बजे नै सूर्य उदाउने गर्छ ।

३. ग्रेट ब्रिटेन पछि यूरोपको ठूलो आइल्यान्ड आइसल्यान्ड हो । यहाँ रातीपनि सूर्यको किरणको मजा लिन सकिन्छ । यहाँ १० मेदेखि जुलाईसम्म सूर्य अस्ताउँदैन ।

४. क्यानडा विश्वको दोस्रो सबैभन्दा ठूलो देश हो जुन लामो समयसम्म बरफले नै ढाकिएको हुन्छ । तरपनि यहाँ उत्तरी-पश्चिमी हिस्सामा गर्मीका दिनहरुमा ५० दिनसम्म सूर्य चम्किनै रहेको देख्न पाईन्छ ।

५. फिनल्यान्ड हजारौ झील र आइल्यान्डले सजिएको एक सुन्दर देश हो । गर्मीको मौसममा यहाँ करीब ७३ दिनसम्म सूर्यले आफ्नो उज्यालो लिइरहेको हुन्छ । घुमघामका लागि यो देश साचिक्कै रोमान्चक छ ।

६. अलास्कामा मेदेखि जुलाईका बीचमा सूर्य कहिले डुब्दैन । यो देश आफ्नो सुन्दर ग्लेशियरका लागि चर्चित मानिन्छ । अब आफैँ सोच्नु कि रातीको समयमा पनि बरफलाई सूर्यको किरणमा चम्की रहेको हेर्न कती मजा हुदोँ हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट