यात्रु बस ब्रेकफेल हुदाँ १० घाइते

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

चितवन, १७ माघ । सोमबार बिहान ना ५ ख ११२१ नंम्बरको बस भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।

पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस जिल्ला बिहान ९:३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

करिब २८ जना यात्रु सवार रहेका बस दुर्घटनामा घाइते भएका यात्रुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट