सुनसान बन्दै स्वास्थ्य संस्था

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

गौशाला, १७ माघ । स्वास्थ्य संस्था औषधि अभाव देखिन थाले पछि महोत्तरी जिल्लाका स्वास्थ्य संस्था सुनसान भएका छन् ।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् ।

तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण दैनिक सरदर ३०० भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या पनि घट्दो छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट