मस्जिदमा गोली हानाहान (भिडियोसहित)

६ जनाको मुत्यु

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

क्यानडा, १७ माघ । क्यानडाको एक मस्जिदमा भएको गोली हानाहानमा कम्तिमा पनि छ जनाको मुत्यु भएको छ । अन्य आठ जना गम्भीर घाइते भएका छन् ।

क्वेबेक इस्लामिक कल्चरल सेन्टरमा आइतबार साँझ दर्जनौं मानिसहरु प्राथना गर्न जम्मा भएका बेला गोलीको आवाज सुनिएको थियो ।

क्यानाडाका प्रधानमन्त्री ट्रडूले यस घटनाको निन्दा गरेका छन् । यो मुसलमान विरुद्ध चरमपन्थी हमला भएको बताइएको छ।

प्रहरीले भने अहिले सम्म अनुसन्धान भइरहेको र गोली हानाहानमा दुई जनालाई पक्राउ गरिएको बताएको छ ।

स्थानीयका अनुसार ३ जना मानिसहरुले त्यहाँ गोली हानाहान गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट