निरु पाललाई पति शोक

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

काठमाडौं, १७ माघ । नेकपा (एमाले)की बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ ।

पेटसम्बन्धी समस्याका कारण उपचारका लागि आइतबार उनलाई महाकाली अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

साेमबार बिहान उनलाई थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमा नै उनको निधन भएको हो ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको साेमबार बिहान ४५ वर्षको उमेरमा निधन भएको उनको परिवारले बताएको छ । पालको श्रीमती र दुई छोरा छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट