तीन देशमा जल अवस्था बुझ्न भ्रमण टोली

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

नवलपरासी, १६ माघ । तीन देशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ ।

तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे तीनै देशका प्रतिनिधिहरूको टोलीले छलफल गर्ने छन् ।

नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुने छ ।

आगामी फागुन ५ गतेदेखि नेपाली टोली करिब १५ दिनसम्म तीनै देशमा पुगी एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्ने छ ।

प्रत्येक देशबाट एउटा टोलीमा एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन-तीनजना जल अभियानकर्मी रहने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट