देखिन थाले लोपोन्मुख हिमाली जटायु

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

म्याग्दी, १६ माघ । लोप हुन लागेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् ।

अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् ।

हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्ववाट नै लोपहुने अवस्थामा रहेका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएको चिमखोलाका स्थानीयवासी धु्रव पाइजाले जानकारी दिए ।

लोप हुनलागेका जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको छ । यस्तै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम आचार्यले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट