पश्चिमी सीमानाकामा लागुऔषधसहित दुईजना पक्राउ

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

कञ्चनपुर, २२ पुस । आज बिहान सशस्त्र प्रहरीले पश्चिमी सीमानाका गड्डाचौकीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो ।

दुवैजनालाई लागुऔषधसहित सीमानाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरीले बताएको छ ।

धामी लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ । लागुऔषधसहित पक्राउ गरेका दुवैजनालाई आज जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा बुझाइने प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट