‘ब्राण्डिङ’पछि मुडेको आलु राजधानीमा ७० हजार केजी खपत

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

जिल्लाको पूर्वी हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित मुलुककै पहिलो ब्राण्डेड आलु राजधानीमा मात्रै तीन महिनामा ७० हजार किलो खपत भएको छ।

यस वर्षको सिजनमा सो परिमाणको आलु राजधानीमा खपत भएको हो। गाउँमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी बजारलगायत संकलन केन्द्रमा पुर्याउने गरेको छ।

जेठदेखि ब्राण्डलाई समेटेर आलु बिक्री गरिरहेको साना किसान तथा कृषि सहकारी संस्थाका अध्यक्ष मकरबहादुर तामाङले जानकारी दिए। ‘पछिल्लो तीन महिनामा ७० हजार किलो आलु काठमाडौं पुगेको छ’ उनले भने ‘ब्राण्डसहित ट्यागिङ र प्याकिङ भएर तीन महिनादेखि मुडे आलु राजधानी निर्यात भइरहेको छ,।’

जुटको बोरा र प्लास्टिकको झोलामा ३०, १० र ५ केजी दरमा मुडे आलु राजधानीका बजारमा पुर्याइएको उनले जानकारी दिए।

‘ट्यागिङ’ र ‘प्याकिङ’ सहित ब्राण्ड नाम पाएपछि यहाँको आलु ठूलो परिमाणमा काठमाडौं पु¥याउन थालिएको हो। ‘ब्राण्ड’ पाएदेखि यहाँका किसानले गाउँमा फलेको अर्गानिक आलु काठमाडौं निर्यात गरेर राम्रो आम्दानी गर्न थालेका छन्।

राजधानीमा अन्य ठाउँको आलुलाई व्यापारीले मुडेको भनेर झुक्याउँदै बिक्री गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले ब्राण्ड दिएको हो।

जेठलमा उत्पादित आलु छिमेकी जिल्ला दोलखा, रामेछाप, सिन्धुलीमा पनि खपत हुन्छ। कालीमाटीमा भन्दा राम्रो मूल्य छिमेकी जिल्लामा पाउने गरेको तामाङ बताउँछन्। ‘राजधानीमा प्रतिकिलो ३६ रुपैयाँमा मात्रै लिने गर्दछन्,’ उनले भने, ‘यता जिल्लाको बाह्रबीसे, लामोसाँघुमा प्रतिकिलो ४० रुपैयाँसम्म बिक्री हुन्छ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट