टाटा मोटर्सको टियागोसहित नयाँशोरुम नारायणघाटमा

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । टाटा मोटसर्् र टाटा मोटर्स्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि नारायणगढमा आकर्षक शोरुम, आर.बी. मोटर्स्को उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत यो १७औँ आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ ।

शोरुम उद्घाटनसँगै सिप्रदी टे«डिङ प्रा.लि.ले टाटा मोटर्स्को नयाँ स्पोर्टी ह्याचब्याक टियागो नारायणगढ बजारमा ल्याएको छ । अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ्ग सुविधाले सो कारले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । २२.५५ लाख रुपैयाँबाट सुरु हुने नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिनमा उपलब्ध छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सिइओ राजेशप्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ ह्याचब्याक टियागोलाई नारायणगढको बजारमा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे । साथै उनले नयाँ शोरुम आर.बी. अटोमोबाइल्सलाई आफ्नो डिलरसिप परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र आफ्ना ग्राहकहरुले उक्त नयाँ आउटलेटद्वारा विशिष्ट गाडी खरिद अनुभव प्राप्त गर्ने कुरासमेत व्यक्त गरे ।

ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्स् उनीहरुको चाहना एवं मागअनुरुप कार्य गर्न सदा तत्पर छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरुसहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदानगरि उच्चस्तरीय सेवाकालागि टाटा मोटर्स् सदा प्रतिबद्ध छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट