रोयल इन्फिल्डको हिमालयन बाइक सार्वजनिक

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको पहाडी र हिमाली भागमा गुडाउन सकिने ‘हिमालयन’ बाइक सार्वजनिक गरेको छ ।
नक्सालमा आयोजित एक कार्यक्रमबीच कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो ।

यसको मूल्य ५ लाख ६१ हजार रुपैयाँ तोकिएको छ । १५ लिटर पेट्रोल क्षमता रहेको यस बाइकले १५ लिटर पेट्रोलले ४ सय किलोमिटरसम्म मोटरसाइकल कुद्न सक्ने कम्पनीको दावी छ ।

६० वर्षको अनुभवका आधारमा नेपालको पहाडी क्षेत्रको उकालो र ओरालोमा कुदाउन सहज हुने गरी हिमालयन बाइक भित्र्याइएको कम्पनीको भनाइ छ । ‘एल एस ४११’ इन्जिन क्षमता रहेको यस बाइक सर्वसाधारणले कम्पनीका शोरुम नक्साल र बालकुमारीबाट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सेल एण्ड स्पेयर सर्भिस प्रमुख सादिकोसीका अनुसार यो मोटरसाइकलले नेपालको पर्यटनमा समेत टेवा पुग्ने छ ।  हालका लागि २ रङ ‘ग्रेनाइट’ र ‘स्नो’मा हिमालयन बाइक नेपालमा उपलव्ध छ । सन् २००२ बाट नेपालमा रोयल इन्फिल्डका बाइकहरु कुद्न थालेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट