देशभरि नै सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले आउँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी  देशभरि  नै सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।

असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् । उक्त पसल मन्त्रालयको सहकार्यमा तरकारी तथा फलफूल व्यवसायीले गर्नेछन् ।

चाडबाडलाई लक्षित गरी हाल काठमाडौँ उपत्यका र उपत्यका बाहिर सञ्चालन भएको खाद्य सामग्रीको सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गरी उपभोक्तालाई थप सुविधा दिने मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट