मलखादको अवस्थाबारे परीक्षण सुरु

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
ललितपुर, ७ असोज । देशका विभिन्न स्थानका माटोमा मलखादको अवस्थाबारे परीक्षण सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको माटो विज्ञान महाशाखाले देशभर आफ्ना केन्द्रमार्फत मलखादको परीक्षण सुरु गरेको हो ।

माटोको वास्तविक अवस्था जानकारी पाउनका लागि मलखाद परीक्षण सुरु गरिएको महाशाखाका प्रमुख कमल साहले बताए । ‘माटोको वास्तविकता बुझेर आवश्यक सुधार गर्न सहयोग पुग्छ,’ उनले भने । धान, मकै र गहुँबालीलाई विशेष रूपमा लक्षित गरेर परीक्षण सुरु गरिएको हो ।

मलमा जैविक र रसायनिक पदार्थको मात्रा थाहा पाउनका लागि परीक्षणले सहयोग गर्नेछ । ‘परीक्षणबाट आएको नतिजाका आधारमा भविष्यका लागि योजना बनाउन सकिनेछ,’ भैरहवा, रामपुर, परमाणीपुर, बेलाचापी, हार्दिनाथलगायत केन्द्रबाट मलखादको परीक्षण सुरु भएको हो ।

ती स्थानमा नमुनाका रूपमा परीक्षण सुरु भएको हो । आगामी १ वर्षभित्रमा परीक्षणको नतिजा आइसक्ने साह बताउँछन् । महाशाखाले देशका विभिन्न स्थानमा माटोको परीक्षण गरेर समस्या पहिचान र समाधानको खोजी गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट