स्काइवोर्थको ‘गज्जबको अफर’

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । इलेक्ट्रोनिक्स बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनी स्काइवोर्थले दसैँको उपलक्ष्यमा ‘स्काइवोर्थ गज्जबको अफर’ नामको योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत स्काइवोर्थको रेफ्रिजरेटर, वासिङ मेसिन र टिभीको खरिदमा माइक्रोवेभ ओभन, प्रेसर कुकर, मिक्सर ग्राइन्डर, ड्राई आइरन वा पेन ड्राइभ मध्ये कुनै एक पक्का उपहारमा ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

नेपालीको महान चाड दसैँमा आफ्ना उत्पादनको खरिदमा ग्राहकलाई गज्जबको स्काइवोर्थसँगै उपहारको खुसी र उत्साहसमेत प्रदान गर्ने उद्देश्यले उक्त अफर ल्याइएको कम्पनीले जनाएको छ । यस कम्पनीले नेपालभर रहेका आफ्ना सम्पूर्ण डिलरमार्फत विभिन्न स्काइवोर्थका सामग्रीको खरिद गर्ने ग्राहकहरूलाई यस योजनाअनुरूपका अफर प्रदान गर्ने बताएको छ ।

कम्पनीका अनुसार यो योजना १ असोजदेखि २५ कात्तिकसम्म लागू हुनेछ । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट