कैलालीमा ग्लोबल आइएमईको शाखारहित सेवा सुरु

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

कैलाली जिल्लाको ओलानी–६ गोदावरी र सोल्टा–७ सुगारखालमा सेवा सुरु गरिएको हो । यी दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे ।

बैंकिङ सेवा उपभोग गर्न टाढासम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेपछि स्थानीय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बैंकले ओलानीमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविनबहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानीय हिरादेवी जैसीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

कैलालीमा सुरु गरिएका २ सेवासहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या ४४ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरूको खातामा पैसा ट्रान्सफर गर्नेलगायत सुविधा रहेका छन् ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरूमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभूत बैंकिङ सेवा पु¥याउँदै आएको छ । यससँगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १ सय ३ एटिएम र ४४ शाखारहित बैंकिङ सेवा पुगेका छन् । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट