कोकाकोला कपको आठौँ संस्करण सम्पन्न

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्तरूपमा आयोजना गरेको कोकाकोला कप ०७३ को आठौं संस्करण बुधबार सम्पन्न भएको छ । बुधबार भएको उक्त कार्यक्रममा विद्यालय तहमा सबैभन्दा ठूलो मानिने यस प्रतियोगिताका विजेताको घोषणाका साथै विजेता र सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

coca-cola

कोकाकोला कप २०७३ मा छात्रतर्पm चुली माध्यमिक विद्यालय झापा र छात्रातर्पm दुर्गा माध्यमिक विद्यालय, रौतहट प्रथम भएका थिए । कोकाकोला कपको अन्तिम प्रतिस्पर्धामा समावेशिताका लागि पहिलोपटक फरक अपांगता भएका महिलाहरूबीच मैत्रीपूर्ण खेल भएको थियो ।
देशभरका १ सय १२ विद्यालयबाट करिब २ हजार विद्यार्थीले सहभागिता जनाएका थिए । एन्फासँग आबद्ध ४३ जिल्लामा प्रतियोगिता गराइएको थियो भने हरेक जिल्लाबाट कम्तीमा ३० विद्यालय सहभागी थिए ।

एन्फा कम्प्लेक्समा आयोजित उक्त समारोहमा प्रमुखअतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

खेललाइ ३ चरणमा आयोजना गरिएको थियो । पहिलो जिल्ला स्तरीय प्रतियोगिता ०७३, ७ जेठदेखि २ असारसम्म भएको थियो । दोस्रो क्षेत्रीय तहको प्रतिस्पर्धा ०७३, भदौ ५ गतेदेखि १५ सम्म र राष्ट्रियतहको प्रतियोगिता ०७३, २० भदौदेखि ५ असोजसम्म चलेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट