सिभिल मलको दसैँतिहार उपहार योजना

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । सिभिल मलले यसवर्षको विजयादशमी र दीपावलीको उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ । प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत सिभिल मलले ‘टिभिएस अपाचे सिभिल मल दसैँतिहार महोत्सव २०७३’ योजना सार्वजनिक गरेको हो । उक्त योजना यही १ असोजदेखि २७ कात्तिकसम्म चल्नेछ ।
कार्यक्रम अवधिमा सुन्धारास्थित सिभिल मलका पसलहरूबाट १ हजार रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकहरूलाई कुपन वितरण गरिने र ती कुपनहरूमध्ये गोलाप्रथाबाट दैनिक, साप्ताहिक र बम्पर उपहार प्रदान गरिनेछ ।
बम्पर विजेताले उपहारमा टिभिएस अपाचे आरटिआर–२०० मोटरसाइकल प्राप्त गर्नेछ भने अन्यले आस्री हीराको हार, दुबई यात्राको टिकट र एलजीको एलइडी टिभी पाउनेछन् । दैनिक र साप्ताहिक उपहारमा नगद भौचरदेखि टिभीएसको स्कुटी जेस्ट र टिभीएस जुपिटरसम्म प्राप्त हुने जनाइएको छ । सो अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट