मुख्य समाचार
प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

काठमाडौं । आज नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको पहिलो दिन । नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष २०८१ लाई स्वागत गरिरहेका छन् । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहीआएको छ । नयाँ वर्षको पहिलो दिन आज बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठोमीठो खानेकुरा खाने, […]


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

काठमाडौं। इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईद पर्वमा अल्लाह (भगवान्)का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान […]


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । […]


प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ। नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि सुरु हुने परम्परा रहेको छ। नयाँ वर्ष सुरु हुनुभन्दा चार […]


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

काठमाडौं । फागुन ३० गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । गठबन्धन फेरिएसँगै प्रमुख प्रतिपक्ष दल बनेको कांग्रेसले आफ्ना सांसदहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो। सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री […]


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । आज शिवरात्री पर्व, शिवालयहरुमा भगवान शिवको पूजा-आराधना गरी देशभर शिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्री पर्व भगवान शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाउने गरिन्छ। आज शिवभक्तहरु व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन। आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक […]


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

काठमाडौं । बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजायका साथै उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ। पुस १३ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर […]


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बुढानीलण्ठस्थित घरबाट पक्राउ परेका रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। आफूलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जनलाई बुधबार सीआईबीले सार्वजनिक गरेको हो । आफूलाई तपस्वी बताउने बम्जनमाथि बाल यौन दूराचार, हत्या र ठगी घटनाको आरोप छ। बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए […]


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आइतबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावली प्रकाशन गरेको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशीमा प्रदेशसभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता रहेका छन्। आयोगका […]


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत सञ्चालन गरिने कुनै पनि आयोजनामा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने विषयबारे स्पष्ट पारेका छन् । बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। उक्त सम्झौताको बिरोध भएपछि […]


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

काठमाडौं । उच्च अदालत पाटनले ईपीएस परीक्षामा इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले कोरियन भाषाको ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई सामेल गराउन आदेश दिएको हो। अदालतले यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई […]


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बिग्रँदै जाँदा युवाहरू विदेश पलायन हुने क्रम बढ्दै गएको बताएका छन् । अध्यक्ष ओलीले नेपालमा सम्भावनाहरु धेरै हुँदा पनि युवाहरू देशमा नबस्ने वातावरण बनेको बताएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा आफूले युवाको संख्या कमै मात्रै देखिएका बताए । हाम्रो भ्रमणका क्रममा हाम्रै […]


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

काठमाडौं । आज बालाचतुर्दशी पर्व, पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सम्झनामा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइने गरिन्छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनहरुले आज बिहानै दिवङ्गत पितृको सम्झनामा शतबीज छरेका हुन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, […]


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

काठमाडौं । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुरका दुई मुद्दामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पूर्जी जारी गरेको हो। […]


प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

काठमाडौं । सरकारले पछिल्लो समय सार्वजनिक रुपमै एक अर्कालाई चुनौती दिँदै आएका एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नदिने भएको छ । एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएकामा सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई कार्यक्रम गर्न […]



 

 

 

 

 

 

 


ताजा अपडेट