विश्व
प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार

म्यानमार । म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सुकीलाई सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । सोमबार सेनाको अदालतले उनलाई राष्ट्रिय विपत्ति कानुन उल्लंघन र सेनाविरुद्ध जनमत बनाएको आरोपमा समान दुई/दुई वर्ष […]


प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेका बेला फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा […]


प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मंगलबार देशभरको मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि विशेष गरि पश्चिम तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष प्रभाव परेको छ । सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै […]


प्रकाशित मिति: ८ चैत्र २०७७, आईतवार

नयाँदिल्ली । पछिल्लो समय भारतमा तीव्र रुपमा कोरोना संक्रमण फैलिन थालेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार बिहानसम्म भारतमा थप ४३ हजार ८४६ जना कोरोना सङ्क्रमित थपिएका छन्। भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० र मृतकको संख्या एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण […]


प्रकाशित मिति: १९ माघ २०७७, सोमबार

म्यानमार । म्यानमारमा सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समयअनुसार सोमबार बिहानै सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिदैं एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक […]


प्रकाशित मिति: २९ पुष २०७७, बुधबार

नयाँ दिल्ली । भारतमा कोरोना सङ्क्रमितको संखया एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले […]


प्रकाशित मिति: १२ पुष २०७७, आईतवार

काठमाडौं । बेलायतमा पहिलोपटक देखिएको अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ । सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ। युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ स्वरुपको कोरोना भाइरसको […]


प्रकाशित मिति: ७ पुष २०७७, मंगलवार

काठमाडौं। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोना संक्रमणको निकै ठूलो चपेटामा परेका छन्। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेकोमा भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ। अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय […]


प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

नयाँ दिल्ली । भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ । शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो । भारतमा चौथो चरणको लकडाउन आइतबार मे ३१ मा सकिदैछ । भारतमा यो पाँचौ चरणको लकडाउन हो । थप एक महिना लकडाउन लम्ब्याउने निर्णयसँगै चरणबद्ध रुपमा […]


प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूचि […]


प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार

नयाँ दिल्ली । भारतले आगामी मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याएको छ। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता लम्ब्याइएको घोषणा गरेका हुन्। अबको लकडाउन अझ कठोर बनाइने जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले आम नागरिकहरुलाई पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन आग्रह गरेका छन्। […]


प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

नयाँ दिल्ली । कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजेर ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर मैनबत्ती, दियो, टर्च वा मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका छन् । मोदीले शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई […]


प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । दुई दिनअघि लण्डनको एक कार्यक्रममा संबोधन गरेर फर्केपछि सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखिएको थियो। प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन […]


प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

काठमाडौं । कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो। कतारमा हालसम्म १५ जनामा संक्रमण भएको फेला परे पनि कसैको […]


प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा जारी हिंसामा परी १८ जनाको मृत्यु भएको छ । नागरिकता संशोधन कानुन (सीएए)को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म १८ जनाले ज्यान गुमाएका हुन् । समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु […]



 

 

 

 

 

 

 


ताजा अपडेट