विश्व
प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) ले दोस्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । बानेश्वर फुटसलमा भएको खेलमा सिसिआरसीले ताहचल क्याम्पसलाई ४–१ ले पराजित ग¥यो । अर्को खेलमा सिसिआरसीले नेपाल कमर्स क्याम्पसलाई हरायो । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले पनि दोहोरो सफलता […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा एक्सेल्सियरले आइडियल मोडेललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल धीरजबाट सम्भव भयो । न्यु जेनिथविरुद्धको खेलमा रिब्स ‘क्वाइन टस’ मा भाग्यमानी ठहरियो । निर्धारित समयको खेल १–१ तथा टाइब्रेकर […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिनेस काठमाडौं, ७ असोज । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दुरी यामले १० दशमलव ५ सेकेन्डमा पूरा गरे । […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मुस्ताङ, ७ असोज । निर्मल स्पोर्टिङ क्लब लेतेले मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सवअन्तर्गत दोस्रो दिन भएको पुरुष भलिबलको खेलमा मिश्रित सफलता हात पारेको छ । निर्मल स्पोर्टिङ क्लबले पहिलो खेलमा मिलिजुली युवा क्लब, मार्फालाई ३–० को सोझो सेटमा हराउँदा दोस्रो खेल भने जोमसोमसँग ३–२ ले गुमायो । निर्मल स्पोर्टिङले मिलिजुली […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

मोरङ्ग,७ असोज । पूर्वाञ्चल स्तरीय बोराबाध नकआउट फुटबल कप  प्रतियोगिता हुने निश्चित भएको छ । यही असोज १० गतेबाट सञ्चालन हुने उक्त प्रतियोगित कसेली गा.वि.स. बोराबाध स्कुल डाँडा हालको बेलबारी नगरपालिका मोरङ्घको मैदानमा सञ्चालन हुने भएको छ । पुर्वाञ्चलका चर्चित आठ टिमले भाग लिने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद पचाँस हजार तथा सिल्ड, दोश्रो हुनेलाई नगद […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

लन्डन, ६ असोज । इंग्लिस फुटबल लिग कप फुटबल अन्तर्गतका खेलमा शीर्ष डिभिजनका क्लबहरू आर्सनल, लिभरपुल र चेल्सीले जित हात पारेका छन् । यो जितसँगै ३ वटै टोली चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले नोटिबहम फरेस्ट, लिभरपुलले डर्बी काउन्ट्री र चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै चौथो चरणमा स्थान बनाउन सफल भएका हुन् […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । नेपाल खेलकुद महासंघ ­नेकोस) अन्तर्गतको राष्ट्रिय साइक्लिब संघ, नेपालको आयोजनामा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिप ११ असोजमा हुने भएको छ । प्रतियोगितामा यु–२३ र खुला स्पर्धामा जम्मा ६० पुरुष खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष जीवन राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिनेस, काठमाडौं, ६ असोज । साइकल यात्रामार्फत विश्वको विभिन्न ५० राष्ट्र पुगिसकेका पारा साइकल यात्री कालिकाप्रसाद भण्डारीको अर्को यात्राका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक कार्यक्रमबीच बिदाई गरिन् । महाराजगञ्जस्थित शीतल निवासमा राष्ट्रपति भण्डारीले कालिकालाई सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाई गरिन् । कालिका पुनः आफ्नो साइकल यात्रा अमेरिकाको टेक्सास्बाट सुरु गर्दैछन् । त्यसका लागि उनी दसैँको टीकाको दिन […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ असोज । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको आयोजनामा बंगालादेशको राजधानी ढाकामा हुने मध्य दक्षिण एसियाली स्तरको आइएचएफ ट्रफी ह्यान्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले हरेक २ वर्षमा आयोजना गर्ने आइएचएफ ट्रफीमा यमनसहित ९ राष्ट्रको सहभागिता रहनेछ । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार छनोटमा […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

ललितपुर । ललितपुर जिल्ला लनटेनिस संघको आयोजनामा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष दीपक कार्कीले जनाएका छन् । ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कुल नगद पुरस्कार राशि १ लाख ६० हजार रूपैयाँ रहेको छ । हरेक स्पर्धाका विजेताले […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । आरआर क्याम्पसले दोस्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा आरआरले चारुमति क्याम्पसलाई १३–० को भारी गोलअन्तरले पराजित ग¥यो । बानेश्वर फुटसलमा भइरहेको प्रतियोगितामा पब्लिक युथ क्याम्पस, बानेश्वर क्याम्पस, मीनभवन क्याम्पस र विश्वभाषा क्याम्पसले पनि जितका साथ यात्रा प्रारम्भ गरे । पब्लिकले सरस्वतीलाई ३–२, […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ असोज । सञ्जय स्मृति प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्वय सञ्जय अर्याल र मञ्जु गुरुबलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मानपत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उपकप्तान […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मुस्ताब, ६ असोज । मुस्ताबकै एक मात्र बृहत् खेलकुद एवं ४६ वर्ष पुरानो थाक खेलकुद महोत्सव तथा च्याम्पियनसिप बुधबारबाट सुरु भएको छ । पहिलो दिन भएको पुरुष भलिबल खेलमा ताग्लुबले कोबाबलाई ३–२ को सेटले पराजित ग¥यो । ताग्लुबले रोमाञ्चक जित निकाल्नेक्रममा पहिलो २ सेट २१–२५ र २१–२५ ले गुमाएको थियो । कोबाबको जितका लागि […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

जापान (टोकियो), ५ असोज । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ । संविधानसभा मार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ संविधान दिवस मनाइएको हो । उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले मुलुकले लामो […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

नवलपरासी, ५ असोज । नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय क्याक म्याराथन प्रतियोगिताको उपाधि तनहँुका सोमबहादुर मगरले हात पारेका छन् । मङ्गलबार जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दूरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडि पार्दै मगरले उपाधि कब्जा गरेका हुन् । उनले निर्धारित दूरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए । नेपाल […]



 

 

 

 

 

 

 


ताजा अपडेट