अन्तर्वार्ता
प्रकाशित मिति: १ असार २०७४, बिहीबार

विनोद ढकाल विराटनगरका लागि नयाँ नाम होइन । यहाँको राजनीतिक र सामाजिक आन्दोलनमा शसक्त ढंगले क्रियाशील व्यक्तित्व हुन् ढकाल । हरेक समुदायका समस्या सुन्ने र त्यसलाई तत्कालै सुल्झाउनका लागि क्रियाशील हुने विशेषता ढकालमा छ । विराटनगरको महत्वपूर्ण विकासका आधारहरुलाई अघि बढाउन उनी जननिर्वाचित प्रतिनिधिभन्दा बढी नै समय दिएर लाग्ने गर्दछन् । विराटनगरका बौद्धिक व्यक्तित्वले ढकाल […]


प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

धरानवासी माझ परिचित नाम हो तिलक राई । कांग्रेसमा रहेर राजनीतिमा निरन्तर क्रियाशील युवा नेता राई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका छन् । कांग्रेसको धरान नगर सभापतिसमेत रहेका राईले सामाजिक क्षेत्रमा पनि लामो समयदेखि योगदान दिँदै आएका छन् । उनी किरात राई यायाक्खाको केन्द्रीय अध्यक्षसमेत हुन् । […]


प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

करिब २० वर्षपछि नेपाली जनताले स्थानीय तहको निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चयन गर्दै छन् । गाउँ, घर, नगर, वडा अनि सम्पूर्ण तह र तप्कालाई निर्वाचनको माहोलले झपक्कै छोपेको छ । विशेष गरेर देशको राजधानी कामाठाडौंलाई आफ्नो पोल्टामा पार्न सबै राजनीतिक दल दिलोज्यान दिएर लागिपरेका छन् । लगभग ४ लाख ५० हजार मतदाता रहेको काडमाडौं महानगरपालिकामा एमालेको […]


प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार

ललितपुर महानगरपालिकामा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचनको पहिलो चरण (३१ वैशाख) मा यहाँ मतदान हुँदैछ । त्यसलै उम्मेदवारहरुलाई भ्याइनभ्याई छ यतिबेला । अधिकांश स्थानमा कांग्रेस–माओवादीले चुनावी तालमेल गरेको भए पनि ललितपुरमा तालमेल हुन सकेन । यही ललितपुर महागनरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार हुन्, चिरीबाबु महर्जन । उनी ललितपुरमा कांग्रेस एक्लैले […]


प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

सावित्रि श्रेष्ठ (जोशी) धरानवासीका लागि कुनै नौलो नाम होइन । ०२७ सालदेखि नै राजनीतिक रुपमा क्रियाशिल श्रेष्ठ हाल एमाले प्रदेश नं. १ सल्लाहकार परिषद सदस्य र अनेमसंघ अञ्चल कमिटी सदस्य हुन् । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा एमालेबाट समानुपातिकतर्फको उम्मेदवार रहेकी श्रेष्ठ वियोन्ड बेइजिङका केन्द्रीय सदस्यसमेत हुन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धरान उपमहानगरपालिकाको […]


प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

राजधानीको दक्षिण भेगमा अवस्थित कीर्तिपुर नगरपालिका सांस्कृतिक र ऐतिहासिकरूपमा महत्वपूर्ण छ । अहिले स्थानीय तहको निर्वाचनको चटारोमा छ कीर्तिपुर नगरपालिका । लामो समय वामपन्थी वर्चस्व रहेको यस क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादी केन्द्रका अध्यक्ष्य पुष्प कमल दाहाल प्रचण्ड नै नेपाली कांग्रेसका प्रत्यासीसँग पराजित भए । यही कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी हुन् […]


प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

पूर्वको सुन्दर नगरी धरानका स्थानीय हुन् प्रकाश राई । राजनीति, समाजसेवा र व्यवसायलाई सँगसँगै अगाडि लैजान सफल राईसँग धरानकै सामाजिक समस्याहरु र स्थानीय तहको निर्वाचनबारे रिपोर्टर नेपालका लागि रेनु कार्कीले गर्नुभएको कुराकानी : तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ? म वामपन्थी पृष्ठभूमी भएको मान्छे । पञ्चायतकालमा दरबारमा राजा, राजकुमारले गरेका विकृतिका कुराहरु, अन्यायका कुराहरु […]


प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

नेपाली गीत/संगीतको क्षेत्रमा सुपरिचित नाम हो, महेश खड्का । संगीतकार खड्का यतिबेला गीत-संगीतमा लागेका स्रष्टाका अधिकारका लागि क्रियाशील छन् । म्युजिक रोयल्टी कलेक्सन सोसाइटी अफ नेपालका महासचिवसमेत रहेका खड्कासँग गीत-संगीतबारे नभई त्यही रोयल्टीसँग सम्बन्धित कुराकानी गरिएको छ । त्यसैले यो वार्तालाई हामीले ‘रोयल्टी वार्ता’ नाम दिएका छौँ । रोयल्टीको विषयमा मिडियाले साथ नदिएको गुनासो गरिरहने […]


प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार

सुवासचन्द्र नेम्वाङ उपनेता, नेकपा (एमाले) संसदीय दल चुनाव हुन्छ नै भनेर जनताले पत्याएका छन् भन्ने लाग्छ र तपाईंलाई ? जनता उत्साहित छन् । यो चुनाव समयमै हुनुपर्छ भन्ने जनताको माग छ । र, संविधानमा स्थानीय तहदेखि तीनै तहको निर्वाचनहरू ०७४ माघ ७ भित्रमा सम्पन्न हुनुपर्छ, संविधन कार्यान्वयन हुनुपर्छ भन्ने बाध्यत्मक व्यवस्था गरेको छौँ र त्यो […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

कृष्णहरि बास्कोटा, प्रमूख आयुक्त, राष्ट्रिय सूचना आयोग नेपाल सरकारका उच्च अधिकारीको पद अर्थात सचिव पदबाट अवकाशप्राप्त भएपछि राष्ट्रिय सूचना आयोगमा प्रमूख आयुक्तको जिम्मेवारी वहन गर्दै आएका कृष्णहरि बास्कोटा सार्वजनिक प्रशासन प्रणालीका विषयमा एक दख्खल ब्यक्तित्वका रुपमा परिचित रहेका छन् । हालसम्म दुई दर्जनभन्दा बढी पुस्तकहरु लेखेर प्रतिष्ठित लेखक कृष्णहरि बास्कोटाका विभिन्न सन्दर्भमा हप्तामा ३/४ वटाभन्दा बढी […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

 विश्वनाथ प्याकुरेल अध्यक्ष : पेशागत महासंघ नेपाल बिक्रम संबत २०१९ साल बैशाख ४ गते काठमाडौं जिल्लाको गागलफेदी गा.वि.स.वडा नं ७ स्थित एउटा सामान्य परिवारमा जन्मिएका विश्वनाथ प्याकुरेल पेशागत महासंघ नेपालको वर्तमान अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । रोजगारका लागि लोकसेवा आयोगले लिने प्रतिष्पर्धात्मक परिक्षामा सहभागी भई खरदार पदमा नेपाल सरकारको सेवाका लागि छनौटमा परेर सरकारका […]


प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

— रणबहादुर खड्का, अध्यक्ष : मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयद्वारा गठित मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्का एड्भेन्चर हिमालयन ट्राभल्स प्रा.लि. तथा हार्डरक ट्रेक्स एण्ड एक्पीडिशन प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । ताप्लेजुङ्ग जिल्लाको साँवा गाविसको एउटा सामान्य किसान परिवारमा विक्रम सम्बत […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

कृष्ण अर्याल,पर्यटन ब्यबशायी एवम् सदस्य , नेपाल पर्यटन बोर्ड साहसिक तथा पर्वतीय पर्यटन (ट्रेकिङ्ग व्यसायी) ब्यवसायी कृष्ण अर्याल नेपालको पर्यटन क्षेत्रमा कहलिएका ब्यक्ति हुन् । हाउस अफ ट्राभल एण्ड एडभेन्चर प्रा.लि.का अध्यक्ष अर्याल एक्सीडिशन अपरेटर एसोसियशनका कार्यसमिति सदस्य,साथै निजी क्षेत्रको प्रतिनीधित्व गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्यको भूमिका समेत निर्वाह गर्दै आएका छन् । २०१५ […]


Pasang Sherpa
प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

राजनीतिक शास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेर राजनीतिक अभ्यासमा सक्रीय रहेका पासाङ्ग शेर्पा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका वर्तमान सचिव एवं आसन्न महाधिवेशनमा महासचिव पदका लागि महासचिव पदका प्रत्याशी हुन् । दोलखा जिल्लाको आलम्पु गाविसको हिमाली कृषक परिवारमा विक्रम सम्बत २०२५ साल साउन ५ गते जन्मिएका पासाङ्ग शेर्पा नेकपा एमालेका विभिन्न भातृ संगठनहरुको नेतृत्वमा रही राजनीतिक अभ्यास गर्दै आएका छन् । उनले नेकपा एमालेका जनजाति विकासका लागि गठित नेपाल लोकतान्त्रिक शेर्पा संघको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् ।



 

 

 

 

 

 

 


ताजा अपडेट