रिपोर्टर नेपाल समाचार
काठमाडौं । नेपाल आयल निगमले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरेको छ ।
भूकम्प, बाढी पहिरो जस्ता विपदको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको निगमले कोरोनाको विषम परिस्थितिमा रोगको रोकथाम तथा उपचारका लागि कोषमा सहयोग गरिएको जनाएको छ ।
निगमले एक विज्ञप्ती जारी गर्दै कोरोना रोकथामका लागि नेपाल सरकारले गरेको र गर्ने प्रयासमा सघाउन आयल निगम प्रतिबद्ध रहेको जनाएको छ।