प्रचण्ड सर्वोच्च अदालतमा

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आईतवार

काठमाडौं । अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्वोच्च अदालत पुगेका छन् ।

सडक आन्दोलनका क्रममा दिएको राजनीतिक टिप्पणीसम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत गएका हुन् । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समिर हायुले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

अवहेलना मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले स्वयं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएपछि प्रचण्ड त्यसको जवाफ दिन आज अदालत गएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट