तारकेश्वरमा फेरि बर्डफ्लू,पशु विभागद्वारा साढे १५ हजार पन्छी नष्ट

प्रकाशित मिति: १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । पशु सेवा विभागले बर्डफ्लू देखिएको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ को रोग प्रभावित क्षेत्रलाई पूर्ण निःसंक्रमण गरेको छ ।

बर्डफ्लू देखिएपछि विभागले शुक्रबार बिहान तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यवसायिक फर्ममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरेको हो।

विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार बर्डफ्लू देखिएको क्षेत्रका ५,६५७ लेयर्स कुखुरा, ७,२३६ ब्रोइलर कुखुरा, २,५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरिएको हो ।

बर्डफ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको विभागले जानकारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट