तोकिएको समयमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला

प्रकाशित मिति: १० माघ २०७७, शनिबार

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखेका छन् ।

मातृशोकमा रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न केन्द्रीय नेताहरुसहितको टोली लिएर शुक्रबार साँझ कञ्चनपुर आइपुगेका महामन्त्री डा.कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका हुन् ।

महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो, पहिलो प्राथमिकता संसद् पुनःस्थापना हुनुपर्छ भन्ने हो।’

पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए। ‘जिल्ला-जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट