कोरोनाका कारण थप ७ जनाको मृत्यु, ३०२ संक्रमित थपिए

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १,९८६ पुगेको छ । यस्तै शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका ३,५४५ मध्ये ३०२ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ र सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । यस्तै हाल क्वारेन्टिनमा १५८ जना छन् भने ३,६१४ संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट