ओलीले राजावादीसँग मिलेर आफूलाई सिध्याउन लागेको प्रचण्डको दाबी

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीसँग मिलेर आफूलाई सिध्याउन लागि परेको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने “अहिले केपी ओलीको योजना प्रचण्डलाई कसरी हुन्छ सिध्याउने भन्ने छ । राजावादीसँग मिलेर होस् या जोसँग मिलेर भए पनि प्रचण्डलाई सिध्याउने नै छ ।”

प्रचण्डले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए। प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताए। ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन् ।’

विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’ उनले केपी ओलीलाई सुधार्ने अनेक प्रयत्न विफल भएको पनि बताए । फेरि युद्धमा जाने, हिंसामा जाने कुरा नभएको बताउँदै प्रचण्डले शान्तिपूर्ण संघर्षको माध्यमबाट प्रधानमन्त्री ओलीको निरंकुशता सच्याउने दाबी गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट