बुधबार ३१८ कोरोना संक्रमित थपिँदा ३८३ जना निको भए

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३८३ जना निको भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७५ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट