संयुक्त महिला संघद्वारा संसद् विघटनविरुद्ध प्रदर्शन

प्रकाशित मिति: ६ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि अहिले विभिन्न संघ-संस्थाले देशभर विरोध प्रदर्शन गर्दै आएका छन् ।

सरकारको यो कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड-नेपाल खेमासहित अन्य विपक्षी दलहरु आन्दोलनमा छन्। सोही क्रममा आज संयुक्त महिला संघले पनि प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

‘संसद् विघटन गर्न पाइँदैन, प्रतिनिधिसभा सुचारु गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर संघले प्रदर्शन गरेको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट